17.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रचण्ड र देउवा बीच भेट, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

प्रचण्ड र देउवा बीच भेट, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

१८ चैत्र २०७७
काठमाडौ
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट भएका छन् । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए। देउवा(प्रचण्ड करिब २० मिनेट कुराकानी गरेका थिए। प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन्। भट्टराईलाई भेट्न प्रचण्ड टोखा पुगेका थिए।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाएर जाने विषयमा चर्चा भइरहेका छन्।
प्रचण्डले हालै छिट्टै नयाँ सरकार बन्ने प्रतिक्रिया दिएका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्