21.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकाका सबै वडामा लैंङ्गिक हिंसा न्यूनिकरणका लागि अनुशिक्षण

नमोबुद्ध नगरपालिकाका सबै वडामा लैंङ्गिक हिंसा न्यूनिकरणका लागि अनुशिक्षण

२३ फागुन २०७७/छेडुप तामाङ
काठमाडौ ।
नमोबुद्ध नगरपालिकाको आयोजनामा २०७७ फागुन ९ गतेदेखी फागुन २१ गतेसम्म नगरका ११ वटै वडामा लैंङ्गिक हिंसा न्यूनिकरणका लागि अनुशिक्षण भएको छ । ‘लैंङ्गिक हिंसा विरुद्धको वर्ष ः हिंसा न्यूनिकरण गर्नै पर्छ’ भन्ने नाराका साथ वडास्तरमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
११ दिनसम्म सञ्चालित अनुशिक्षणमा ६ सय ७३ महिला र १ सय ९५ पुरुष गरी ८ सय ६८ जनाको सहभागिता थियो । नगरका सबै बासिन्दालाई हिंसा बिरुद्ध सचेत गर्ने लक्ष्य लिएको यस नगरले यस पटक ३ प्रतिशत बासिन्दालाई सचेतना गरेको हो । फूलबारीबाट शुरु भएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो ।

अनुशिक्षणहरूमा करिब ३ घन्टा मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले लैंङ्गिक हिंसाको अवस्था र न्यूनिकरणका उपायका विषयमा सहभागिहरूलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंमसेविका, समाजका अगुवाहरू, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्यहरू, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा महिला सहभागिहरूले आफूले भोगेका हिंसाका विभिन्न सवालहरू माथी छलफल गरी लैंङ्गिक हिंसा न्यूनिकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंमसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।

शुक्रवार अनुशिक्षणको समापन कार्यक्रममा बागमती प्रदेश सांसद गोमा भुर्तेलले हिंसामा परियो भनेर महिलाहरूले बेकारमा ज्यान नफ्याक्न सुझाव दिनुभयो । उहाँले राज्यले निरोध, कानुनी कार्वाही, क्षमता विकास, समन्वय, सहयोग र सहकार्यमा हिंसा न्यूनिकरणका प्रयास गरिरहेको उल्लेख गर्नुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन दुव्र्यवहार, प्रथाजन्य चालचलन र व्यवहार, विवाह प्रचलनले महिलाहरूलाई पछि पारेको र सचेतनाको माध्यमबाट हिंसामा कमी ल्याउन उहाँको जोड थियो ।

प्रत्येक वडाका वडाध्यक्षहरूको अध्यक्षतामा भएका कार्यक्रमहरूमा नमोबुद्ध नगर पालिकाको उपप्रमुख रामदेवी तामाङले महिलाहरूलाई आर्थिक रुपमा सशक्तिकरण हुन्, छोरा र छोरीमा विभेद नगर्न र चेतना विकासको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले हिंसा न्यूनिकरणका लागि सशक्तिकरणमा जोड दिएको बताउनुभयो । उहाँले ‘महिला र पुरुष फरक हुन् तर फरक हुन् भन्दैमा फरक व्यवहार गर्न पाइन्न’ भन्दै सामाजिक सुरक्षा भनेको भावनात्मक अनुभुति भएको बताउनुभयो ।

महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले कार्यक्रमको उद्देश्यमाथी प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमहरूमा महिला सदस्यहरूले स्वागत मन्तव्य राख्नु भएको थियो । अनुशिक्षणहरूमा विद्यालयका प्रधानाध्यापक, कार्यपालिका सदस्यहरू, मेलमिलापकर्ता, राजनीतिकर्मी, वडा सचिवहरूले हिंसा न्यूनिकरणका लागि नगरपालिकाले राम्रो प्रयाश थालनी भएकोमा खुशी व्यक्त गर्नुभयो । सबै वडामा अनुशिक्षण सकिएपछि फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः सम्वृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ ¥याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मान लगायतका कार्यक्रम साथ १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने नमोबुद्ध नगरपालिकाले जनाएको छ । कार्यक्रमहरूमा स्वास्थ्य विमाका विषयमा पनि जानकारी दिइएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्