23.1 C
Kathmandu

ब्रेकिङ समाचारकानपुर-डाँडागाउँमा पुजा पाठ/सहित वाङ कार्यक्रमका बिच छ्योर्तेन म्हाने शिल्यानास

कानपुर-डाँडागाउँमा पुजा पाठ/सहित वाङ कार्यक्रमका बिच छ्योर्तेन म्हाने शिल्यानास

२१ फागुन २०७७/छेडुप तामाङ
काठमाडौ | काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.५ कानपुर स्थित डाँडागाउँमा छ्योर्तेन म्हाने शिल्यानास गरिएको छ ।
सोनाम गर्वाङ टुल्कु लामा गुरुनाट पुजा पाठको साथै वाङ कार्यक्रमका बिच आयोजना गरिएको छ्योर्तेन म्हाने शिल्यानास कार्यक्रममा सङ्घिय साम्सद माननीय गंगा बहादुर दोङ तामाङको प्रमुख आतिथि तथा बाग्मती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको बिशेष अतिथिको रुपमा उपस्थित रहेका थिए भने अतिथिको रुपमा वडा न.५ का वडाध्यक्ष बुद्ध सिं तामाङ लगायत स्थानिय नेताहरुको समेत उपस्थिती रहेका थिए ।
छ्योर्तेन म्हाने निर्माणको लागी स्थानिय पुर्वाधार क्षेत्र बिकास कोषबाट रु.दश लाखको बजेट छुट्याइएको हो भने योजना सम्पन्न गर्नका लागि स्थानिय मान बहादुर तामाङको अध्यक्ष रहेको उपभोक्ता समितिले काम शुरूवात गरिएको छ ।
शिल्यानास कार्यक्रम सङ्गै पुजापाठ तथा वाङ कार्यक्रम समेत रहेकोले कार्यक्रममा वाङ थाप्नको लागि स्थानियको बाक्लो उपस्थिती रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्