17.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ गीत एनसेल्ला कि एन टि सि ला सिम भिडियो सहित सार्वजनिक

तामाङ गीत एनसेल्ला कि एन टि सि ला सिम भिडियो सहित सार्वजनिक

२० फागुन २०७७
काठमाडौं
। तामाङ गीतसंगीत बजारमा दिनानुदिन नयां नयां गीतका भिडियोहरु सार्वजनिक भैरहेको बेला फेरी अर्को नयां तामाङ गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतलाई बिषयबस्तु बनाएर गितहरु सार्वजकि भएता पनि यो पटक बिल्कुलै फरक तरिकाको नयां गीत सार्वजनिक भएको छ । नेपालमा अधिकतम मात्रमा बजार लिईरहेको नेपाल टेलिकम/एन टि सि र एनसेल कम्पनिका सिमकार्डलाई बिषय बस्तु बनाएर बनेको यो गीतको भिडियो केही दिन अघि मात्रै काभ्रेको बनेपा स्थित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

सुशिल लामाको शब्द/संगीतमा चर्चित सेलो गायिका जितु लोप्चान र कर्मध्वोज लामाको आवाज रहेको छ भने यस गीतको भिडियोमा मोडल याङ्गी दोङ तामाङको साथमा हिरा लामा/जिकज्याक, कुसुम मगर, कर्मध्जोज लामा लगायतका अभिनय रहेको छ । अनिस लामाको निर्देशनमा बनेको यस भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका हुन् ।

गीत झट्ट सुन्दा मेलोडी मिठो लागेपनि गीतको शब्द संकलनमा थोरै कम्जोर रहेको र अभिनयमा मोडल याङ्गी दोङ तामाको कमी कम्जोरी नरहेतापनि अन्य नव कलाकारहरुको अभिनय फितलो लागेको अनुभुति भएको कुरा गीतको भिडियोमा दर्शक दिर्घाले गरेको कमेन्टमा देख्न सिकनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्