30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको तोचिगी केनको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

जापानको तोचिगी केनको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

१५ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
जापान
। जापानको राजधानी टोकियो बाट करिब ७८ किलो मिटर उत्तरमा अवस्थित तोचिगी केनको जंगलमा बिगत ५ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा नआएको जापानिज संन्चार माध्यामहरूले जनाएको छ ।

तोचिगी केनको आशिखाका वार्डमा पर्ने एक जंङ्गलमा सल्केको डढेलो ५ दिन भईसक्दा पनि निभाउन नसकेको हो। स्थानिय सरकारले डढेलो सुरू भएदेखि नै सबै स्रोत र साधन परिचालन गरी निभाउने प्रयास गरेतापनि सुख्खा मौसम र रूखहरूको पातहरू झर्ने सिजन भएकाले आशा अनुरूप नियन्त्रणमा आउन नसकेको बताईएको छ।

डढेलोका कारण हालसम्म करिब १५० सेक्टर भन्दा बढी जंगलहरू नष्ट भइसकेका छन भने प्रभावित क्षेत्र वरपरका ३०७ घर परिवारलाई सुरक्षित स्थानमा सर्न सुचना जारी गरिएको छ।

सेनाका हेलिकप्टरहरू परिचालन गरी निभाउने प्रयास गरेता पनि निकै नै सुख्खा मौसम भएका कारण खासै आगो निभाउन नसकेको स्थानिय अग्नि नियन्त्रण बिभाग हरूले जनाएका छन् यसरी आगोलागी बढ्दै जांदा अन्य क्षेत्र का मानिसहरूलाई नि प्रभाब पर्न सक्ने सम्भावना बढिरहेको छ। डढेलोका कारण हालसम्मा मानविय क्षेती भने नभएको जापनिज संचार माध्यमहरूले जनाएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्