23.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको केही ठाउॅंमा फेब्ररी अन्तबाट आपतकाल हटाईने, आज औपचारिक घोषणा

जापानको केही ठाउॅंमा फेब्ररी अन्तबाट आपतकाल हटाईने, आज औपचारिक घोषणा

14 Galgun 2077/Kunga Woeser Tamang

जापान |ओसाका,ह्योगो,क्योतो,आईची र गिफू केनमा हाल कायम आपतकालिन अवस्था यो महिनाबाट हटाईने भएको छ।

मार्च ७ तारिकसम्म घोषणा गरिएको भएतापनि तोकिएको समय अगबै कोरणा सङ्क्रमण नियन्त्रणको धायरामा आएको भन्दै प्रान्त सरकारले  आपतकाल हटाउन अनुरोध गरेपछि   केन्द्रिय सरकारले विज्ञानहरूको बिश्लेषण पछि ती प्रान्तहरूमा  आपतकाल निर्धारित समय अगाडी नै हटाउन लागेको बताइएको छ ती प्रान्तहरूमा  आपतकालिन अवस्था हटाउने बारे औपचारिक घोषणा भने आज गरिने बताएको छ |

फुकुओका प्रान्ताले पनि आपतकाल यही महिना भित्र हटाउन अनुरोध गरेका छन यद्दपि फुकुओकामा दैनिक थपिने सङ्क्रमितहरूको संख्या र अस्पतालहरूमा कायम भार लगायतका बिषयमा थप अध्ययन गरी निर्णय गरिने जनाएको छ। 

अत्यधिक जनघनत्व रहेको टोकियो,साइतामा,चिबा र खानागावा केनमा भने अझै दैनिक १०० जना भन्दा बढी सङ्क्रमित देखिरहेका छन भने गम्बिर बिरामीहरूको संख्या पनि अझै उच्च नै रहेको छ त्यलैले यी क्षेत्रहरूमा भने कम्तीमा मार्च ७ सम्म आपतकाल कायम रहने देखिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्