28.1 C
Kathmandu

ब्रेकिङ समाचारभागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष स्वीकार गरे आफ्नो अपराध

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष स्वीकार गरे आफ्नो अपराध

५ फागुन २०७७
काठमाडौ ।
भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या भएको थियो । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्यो । २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्यो । आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबरजस्ती गरेको र पोल खोल्छ भन्ने डरले घांटी थिचेर हत्या गरेको उसले स्वीकार गरेको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्