16.8 C
Kathmandu

ब्रेकिङ समाचारतेमाल सिं दोङ र याङ्गी दोङ अभिनित तामाङ प्रेम गीत 'ए नोन...

तेमाल सिं दोङ र याङ्गी दोङ अभिनित तामाङ प्रेम गीत ‘ए नोन हिन्ना’ सार्वजनिक (म्युजिक भिडियो सहित)

२३ माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– तामाङ गीत संगीतको बजारमा दिनानुदिन नयां नयां खालका म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा शुक्रबार फेरी नयां तामाङ प्रेम गीत ‘ए नोन हिन्ना’ सार्वजनिक गरिएको छ । तेमाल सिं दोङ र याङ्गी दोङ तामाङ अभिनित उक्त गित आज काठमाडौ स्वयम्भु स्थित तामाङ कुदप मौलिक होटलमा एक बिशेष कार्यक्रमका बिच सार्व जनिक गरिएको हो ।

नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा सम्पन्न ‘ए नोन हिन्ना’ बोलको तामाङ प्रेम गीत सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस निकट युवा नेता दावा लामा, छेडुप तामाङ, बेल लामा बिशेष अतिथिको रुपमा उपस्थित रहेका थिए भने अतिथिको रुपमा गायक तथा संगीतकार बिशाल काल्तान, नायक सन्दिप स्याङतन, नायीका रन्जिता ब्लोन, मोडल सागर मोक्तान लगायत तामाङ समुदायका थुप्रै कलाकारहरुको उपस्थिति रहेका थिए । कार्यक्रमको अध्यक्षता डम्फु मिडियाका सञ्चालक नायक तथा निर्देशक अमिर दोङले गरेका थिए भने कार्यक्रम सञ्चालन संचारकर्मी एवम सामाजिक अभियान्त सुदिन दोङले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मी एवम् मिशन समृद्ध नेपालका महासचिव मिलन दोङ तामाङले तामाङ गीत संगीतको बजारमा पछिल्लो समय बिस्तारै पत्रकार सम्मेलनमार्फत म्युजिक भिडियो सार्वजनिक गर्ने प्रचनल चलेता पनि अझै पत्रकारले दिल खोलेर गीतको बारेमा राम्रा अनि नराम्रा दुवै पक्ष औंल्याउंदै सामाचार सम्प्रेशण गर्न सक्ने अवस्था नरहेको कुरामा दुख व्यक्त गर्दै केही केही कलाकारहरुले गीतको बारेमा प्रशंसा मात्र नगरेर कमजोर पक्षलाई औंल्याएर सामाचार लेखेकै भरमा मानाशिक तनाव समेत दिएको कुरा व्यक्त गरेका थिए ।

गीत सार्वजनिक कार्यक्रममा आफ्ना मन्तव्य राख्दै युवा व्यबसायी तथा युवा नेता छेडुप तामाङले कलाकारिता क्षेत्रबाट यो मुलुक परिबर्तनका लागि दिएको योगदान प्रती सम्मान ब्यक्त गर्दै तामाङ हुनुमा र तामाङ गीतसङ्गीत बजारमा दिनानुदिन देखिएको परिबर्तनले गर्वको महसुश गरेको कुरा ब्यक्त गर्दै अबका दिनहरुमा तामाङ गीतसङ्गीत बजारले बिस्तारै ब्यबसायिकताको रुप लिन सकोस भन्दै शुभकामना ब्यक्त गरेका थिए भने उक्त गीतका सर्जक बिशाल काल्तानले ए नोन हिन्ना बोलको गीत तामाङ मौलिक भाषामा भएता पनि तामाङ मौलिक सङ्स्कारसंग सम्बन्धित नभएको र बिशुद्द माया प्रेम सङ्ग सम्बन्धित रहेको कुरा ब्यक्त गर्दै उचित सल्लाह सुझावको लागी अनुरोध गरे भने पत्रकारहरुले गीतको बारेमा यथार्थ समाचार सम्प्रेषण गरिदिनका लागि समेत अनुरोध गरेका थिए ।

विशिष्ट अतिथीको रुपमा मन्तव्य राख्ने क्रममा युवा नेता बेल लामाले कलाकार यो मुलुकको गहना हो तसर्थ गीतसङ्गीत मार्फत यो मुलुकलाई घचघच्याउन अनुरोध गर्दै समुदायमा रहेका बिकृती बिसङ्गतिलाई निर्मुल पार्ने खालका गीतसङ्गीत ल्याउनु पर्नेमा जोड दिएका थिए । यसै गरि मिस तामाङको आयोजक एवम एभरेष्ट फेसन होमका सन्चालक (नायिका) रन्जिता ब्लोनले भने तामाङ कलाकारहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै तामाङ भाषा, तामाङ संस्कृतिलाई बिश्वमाझ पुर्याउने काम गरेकोमा तामाङ समुदायका कलाकारुले खेलेको भुमिकाप्रती सम्मान ब्यक्त गर्दै दिनप्रतिदिन जसरी तामाङ गीत सार्बजनिक भएका छन यसरी नै आगामी दिनहरुमा पनि यस्तै भुमिका निरन्तर खेलिदिनका निमित्त अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले यो धर्तिकै शुन्दर मानव चोलाको वर्णन गर्दै तामाङ गीतसङ्गीत बजारले सफलताको शिखर चुम्ने यात्राको क्रममा प्रेम गीत ए नोन हिन्ना को म्युजिक भिडियोले दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफलता मिलोस भन्ने शुभकामना ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई ल्होछारको शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथी दोङले गीत सार्बजनिक गर्दै तामाङ कुदापको समेत खुलेर वर्णन गरेका थिए । गोपाल योन्जसङ्ग बिताएका ९ बर्ष सम्मको यात्रालाई सम्झदै पहिलेका एनालग प्रणाली र अहिलेका डिजिटल युगमा आईपुग्दा गीतसङ्गीत बजारमा समेत देखिएको परिबर्तनको बारेमा समेत चर्चा गरेका थिए । सिसाम तामाङ सितोबा बोलकी गीत गाउदाको बखतमा प्रहरिको खोजी सुचिमा परेको घटनाक्रमलाई सम्झना गर्दै दोङ केही बेर भावुक बनेका थिए ।

‘ए नोन हिन्ना‘ बोलको तामाङ प्रेम गीतका शब्द÷संगीत बिशाल काल्तानको रहेको छ भने कान्छा ह्रिदमको साथमा जितु लोप्चानको सुमधुर आवाज सुन्न सकिनेछ । उर्गेन दोङको निर्देशनमा बनेको उक्त भिडियोको दृश्य छायांकन तथा सम्पादन बिबेक लामाको रहेको छ । गीत डम्फु मिडिया अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्