कोटेश्वरको सेकुवा कर्नरमा आगलागी, २० लाखको क्षति

माघ १४, २०७७


१४ माघ २०७७
काठमाडौ
– काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

जस्ताको टहरोमा सन्चालित सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएका थिए । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।