19.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा भित्रको चरम बिवाद संगै कांग्रैसमा पनि बिवाद उत्पन्न, पौडेल समूहको छुट्टै...

नेकपा भित्रको चरम बिवाद संगै कांग्रैसमा पनि बिवाद उत्पन्न, पौडेल समूहको छुट्टै बैठक

१२ माघ २०७७
काठमाडौ
– पछिल्लो समय नेकपा भित्रको बिवाद चरम उत्कर्सकमा पुगेपश्चात एक पक्षले अर्को पक्षलाई खुलियाम सडक सडक बाट गाली गलौज र आरोप प्रत्यारोप गर्न थालेका छन् । यो संगै नेकपा भित्रको बिवादले नेपाली कांग्रेस भित्र पनि बिवाद उत्पन्न भएको छ । नेकपामा जसरी नै पछिल्ला समय नेपली कांग्रेस भित्र पनि आ–अफ्नै समुहको बैठक बोलाउन थालेका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सोमबारका लागि बोलाइएको छ । मंगलबारलाई बोलाइएको केन्द्रीय समिति बैठकका सन्दर्भमा समूहगत धारणा बनाउन महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको हो ।महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको नीति र पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकबाट प्रतिनिधि विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणाका लागि दबाब दिने पौडेल समूहको रणनीति छ । यसअघि काँग्रेसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।

अब अदालतको निर्णय पर्खनुको विकल्प पार्टीसँग नभएको संस्थापन पक्षको बुझाइ छ । यस्तै प्रदेश १ र बागमती प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावको पक्षमा पार्टी उभिनुपर्ने पौडेल पक्षको जोड छ । सभापति शेरबहादुर देउवा भने प्रदेश संसदीय दलबाटै निर्णय गराउने पक्षमा रहेको बताइन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्