22.1 C
Kathmandu

ब्रेकिङ समाचार'मिस तामाङ २०२१' को पहिलो चरणको अडिसन सम्पन्न, मुल्याङ्कनमा ङवाङ मोक्तान

‘मिस तामाङ २०२१’ को पहिलो चरणको अडिसन सम्पन्न, मुल्याङ्कनमा ङवाङ मोक्तान

काठमाडौँ । एभरेष्ठ फेसन होमले आयोजना गरिएको १३ औं सस्करणको ‘मिस तामाङ २०२१‘ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा हुने भनिएको ‘मिस तामाङ २०२१’ को पहिलो चरणको अडिसन शनिबार काठमाडौं स्थित हिमालयन ह्रिमठिम क्याफे नयाँ बानेस्वरमा सम्पन्न भएको हो।

शनिबार सम्पन्न पहिलो चरण्को अडिसनमा सहभागीहरुको मुल्याङ्कन भने मिस तामाङ २०१७ कि पहिलो रनर अप ङवाङ मोक्तानले गरेकी थिईन् ।अडिसनमा बाग्मती प्रदेशका काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धादिङ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,र प्रदेश नं. १ धरानबाट समेत सहभागीता रहेक थिए ।

काठमाडौ स्थित होटल ¥याडिसनमा २००६ मा पहिलो पटक मिस तामाङको आयोजना भएको थियो भने १७ वर्ष पछाडी सोही स्थानमा मिस तामाङको फाइनल ताज कस्ले जित्छ भन्ने घोषणा गरिने आयोज संस्थाका अध्यक्ष रन्जिता ब्लोनले बताएकी हुन् । मिस तामाङमा सहभागीता हुनका लागि तामाङ जाति हुनुपर्ने र १६ वर्ष देखि २८ वर्ष नकटेको हुनु पर्ने , कम्तिमा ५ फिट उचाई र एस। एल। सी। सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

यसरी मिस तामाङमा सहभागी हुनेहरुका लागि १ महिनासम्मको तालिम अवधि तोकिएको छ भने उक्त अवसरमा तामाङ भाषाको महत्व, व्यतित्व विकास, तामाङ जातिको इतिहास, श्रृङ्गार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्यको अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विभिन्न तालिमको समेत व्यवस्था रहेको छ ।

‘मिस तामाङ २०२१’ मा भने पहिले झैं कुनै पनि बिवाद आउन नदिने बताएकि छन् आयोजक संस्थाका अध्यक्ष रन्जिता लामाले ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्