11.1 C
Kathmandu

ब्रेकिङ समाचारसामाजिक सञ्जालमा चर्चामा रहेको YSK Group को 'रेबन चस्मा' शुक्रवार सार्वजनिक हुने

सामाजिक सञ्जालमा चर्चामा रहेको YSK Group को ‘रेबन चस्मा’ शुक्रवार सार्वजनिक हुने

८ माघ २०७७/छेडुप तामाङ
काठमाडौँ ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकट, युट्युवमा अत्याधिक चर्चामा रहेको तामाङ र्‍याप गित ‘रेबन चस्मा’को म्युजिक भिडियो भोली शुक्रबार सार्वजनिक हुने भएको छ । काठमाडौ नयांबजारस्थित प्याराडाईज बन्क्युटमा दिउंसो ठिक १ः०० बजे एक बिशेष कार्यक्रमका साथ उक्त गितको म्युजिक भिडियो Damphu Media (डम्फु मिडिया) युट्युव च्यानलमार्फत सार्वजकि गर्ने तयारी रहेको YSK Group ले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो ।

डम्फु मिमियाका सञ्चालक एवम तामाङ चलचित्रका नायक तथा निर्देशक अमिर दोङ र YSK Group ले सामाजिक सञ्जाल फेसबुक वालमार्फत उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण कलाकार, पत्रकार एवं शुभचिन्तकहरुलाई निमन्त्रणा गरेका छन् ।

विगत लामो समय देखी तामाङ र्‍याप विधामा आफ्नो बर्चस्व कायम गर्न सफल YSK Group ले ५ बर्ष पश्चात पुःन ‘बन चस्मा’ मार्फत गितसंगित बजारमा आगमन भएका छन् । सिन्धुलिको मुलकोटमा हेलीप्याडको प्रयोग गरेर शुटिङ सम्पन्न गरेको उक्त गितको शुटिङ रिपोर्ट सारा खबर मार्फत सार्वजनिक भए पश्चात धेरै दर्शक श्रोताले अत्यन्त चासो र खुल्दुली राख्दै गित कहिले सार्वजनिक होला भनेर प्रतिक्षामा रहेको कुरा शुटिङ रिपोर्टको भिडियोमा दर्शक श्रोताले दिएका प्रतिकृया अनुसार सजिलै अनुमान लगाउन सकिन्छ । म्यूजिक भिडियोको सुटिङ रिर्पोट सार्वाजनिक भएदेखि प्रतिक्षामा बसेका दर्शकहरुका लागि अब प्रतिक्षाको घडी भने सकिएको छ ।

सारा खबरबाट संचालित युट्युव च्यानलमा हालसम्ममा यो सुटिङ रिर्पोटको भिडियो ७६ हजार भन्दा बढीले हेरिसकेका छन् भने टिकटकमा समेत धेरै चर्चा बटुल्न सफल भएको छ। कमेन्ट्मा सबैले यो भिडियो कहिले सर्वाजनिक हुन्छ भनेर प्रश्न गरेका छन् भने गीत सबैले रुचाएको पनि छ । यस अर्थमा पनि यो गीत सार्वजनिक भएको केहि समयमा नै धेरै भन्दा धेरै भ्युज बटुल्न सफल हुनेमा डम्फु मिडियाका संचालक अमिर दोङ विश्वस्त रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्