23.1 C
Kathmandu

खेलकुदमहिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ २०७७
काठमाडौ–
महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय लिग आयोजना गर्ने भन्दै मितिसमेत तय गरिसकेको थियो । खेलाडीहरु उत्साहित थिए । विभागीय तीन टिमसहित उपमेयर कप खेलेका उत्कृष्ट चार टिम ष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

७ टिमले एकआपसमा दुई पटक प्रतिस्पर्धा गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउँथे । यस्तै लिग उपत्यका बाहिर गर्ने गरी तयारी पनि भइरहेको थियो ।

तर बाधक बन्यो कोरोना । कोरोना महामारीका कारण सारा विश्व नै प्रभावित बनेको बेला महिला लिगलाई पनि यसले असर गर्‍यो । जसको नतिजा एन्फाले मिति घोषणा गरेको केही दिनपछि नै महिला राष्ट्रिय लिग अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित गर्‍यो ।

त्यसपछि सरकारको बन्दाबन्दी र निषेधाले गर्दा झण्डै ८ महिना नेपाली खेलकुद ठप्प जस्तै भयो । प्रशिक्षणसमेत सुरु हुन सकेको थिएन । केही खेलको मात्र फाट्टफुट् प्रशिक्षण भयो । पुरुष फुटबल टिमले भने कात्तकिमै प्रशिक्षण अनुमति लिएर प्रशिक्षण गर्दै बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल पनि खेल्यो ।

यस्तै मंसिरदेखि सरकारले पनि खेलको लागि प्रशिक्षण खुल्ला गरिदियो । त्यसपछि खेलकुद गतिविधि विस्तारै चलमलाउन थाल्यो । विभिन्न खेलहरु हुन थाले । राष्ट्रिय स्तरकै प्रतियोगिता भए ।

एन्फाले पनि माघ पहिलो सातादेखि महिला राष्ट्रिय लिगलाई सुरु गर्ने गरी तयारी गर्दै राष्ट्रिय खेलकुद परिषदमा स्वीकृतिका लागि पठायो । राखेपले स्वीकृति दिएपछि एन्फाले घ ७ गतेदेखि महिला लिग सुरु गर्ने पक्का भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्