11.1 C
Kathmandu

ब्रेकिङ समाचारकुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली

कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली

७ माघ २०७७
काठमाडौ
– उपत्यकालगायत देशभर पछिल्लो समय झ्याप(झ्याप बत्ती जाने क्रम बढेको छ। बत्ती जानेबित्तिकै धेरैलाई एउटा नाम सम्झनामा आउँछ( कुलमान घिसिङ। घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्।

उनकै समयमा नेपालमा लोडसेडिङ हटेको थियो। घिसिङको चुस्त व्यवस्थापन र काममै खटिने शैलीले पनि त्यतिबेला खुबै तारिफ कमायो। पछिल्लो समय फेरि बिजुलीको लाइन जान थालेको छ। बत्ती जाने बित्तिकै कति फेरि लोडसेडिङ त हुन लागेको हैन भन्ने संशय सामाजिक सञ्जालमा देखिन्छ। घिसिङ अहिले बिजुली जानुमा दुई समस्या रहेको बताउँछन्। पहिलो व्यवस्थापनको कमजोरी र दोश्रो प्राविधिक कारण। उनी बत्ती जाने बित्तिकै तत्कालै काम गर्ने प्रवृति हटेको र विद्युत प्राधिकरणमा चेन अफ कमाण्डको समस्या रहेको बताए। त्यस्तै पावरहाउस बन्द भए लोडसेडिङ गर्ने अवस्था आउन सक्ने बताए। त्यसका लागि पनि विद्युतको आपूर्ती तर्फ व्यवस्थापन गर्ने कौशल आवश्यक रहेको बताए।

उनले काठमाडौं उपत्यकामा विगतको भन्दा धेरै मागमा वृद्धि नभएको बताए। यदि लाइनमा ओभरलोड भए ट्रान्सफर्मर परिवर्तन लगायतको काम तत्काल गर्नुपर्ने कुलमानको तर्क छ। आफू प्राधिकरणमा भएको भए सहि मान्छे ठाउँमा राखेर काम गराउन सक्ने बताए। अहिले विद्युतको माग वृद्धि नभएको अवस्थामा यसरी झ्याप झ्याप बत्ती जानु हुदैन थियो, कुलमानले भने, कतै न कतै कमजोरी व्यवस्थापनमै छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्