25.1 C
Kathmandu

ब्रेकिङ समाचारबस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते

बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते

७ माघ २०७७
काठमाडौ
– चितवनको राप्ती नगरपालिका वडा नं. ५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना.७ ख. २१११ नं.को बस र विपरीत दिशाबाट आइरहेको ना.६ ख. ४२८१ नं.को ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै निधन भएको हो ।

राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्