नेकपा एकताका लागि दबाव दिन १०१ सदस्यीय कमिटी गठन
माघ १२, २०७७
२८ पौष २०७७
काठमाडौ– आफैले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा रत्न राज्य ९आरआर० क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।
सो क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले उनलाई क्याम्पसबाटै सोमबार पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।