30.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव

ओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव

२६ पौष २०७७
काठमाडौ
– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन्।

जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’
उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन्।

‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, उनले भने ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेको छ। यसको विरोध हुनुपर्छ।’

संसद विघटनको कदम खारेजीको माग गर्दै यादवले संविधान संशोधनले मात्रै अबको समस्या समाधान हुने दाबी पनि दोहोर्‍याएका छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्