19.1 C
Kathmandu

ब्रेकिङ समाचारट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

१२ पौष २०७७
काठमाडौ
–गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

आईतबार ट्रकको ठक्करबाट गुल्मीको रेसुङ्गा नगरपालिका वडा न. १३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले बताए ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा न.१३ भगारीस्थित मसिने खोलामा आज विहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्