27.1 C
Kathmandu

ब्रेकिङ समाचारपठाओका राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा

पठाओका राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा

९ पौष २०७७
काठमाडौ
–पठाओका राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीले आफु खुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कम्पनीले कामदार मार्ने काम गरेको पठाओ राइडरहरुको आरोप छ ।

‘हामीले कम्पनीसँग अतिरिक्त सेवा सुविधा माग गरेका छैनौं, मात्र सुरक्षा खोजेका हौं । विना सुरक्षा सडकमा निस्कदा हाम्रो जीवनरक्षाको ग्यारेन्टी कसले लिने रु यसको प्रत्याभूति कम्पनीले दिनुपर्छ ।’

पठाओ राइडर नवराज मालीले पछिल्लो समय कम्पनीले राइडरहरु माथि ज्यादती गर्न थालेको बताए । ‘पठाओले हामी राइडरहरुमाथि मनोमानी गरिरहेको छ । हाम्रो जीउज्यानको सुरक्षाको प्रत्याभूति छैन नै, हाम्रो कमाईमा समेत कम्पनीले लुट मच्चाइरहेको छ,’ मालीले भने, ‘कम्पनीले हामी राइडरहरुसँग अधिकतम २५ प्रतिशतसम्म कमिसन लिइरहेको छ । बाँकी ७५ प्रतिशतले तेल (फ्यूल), खाजा, खाना कसरी म्यानेज गर्ने , यतिमात्र होइन, कम्पनीले आफुखुसी मनलागेको मान्छेलाई सस्पेन्ड (निस्कासन) समेत गर्ने गरेको राइडरको आरोप छ ।

राइडरहरुले विविध ११ बुँदे माग राखेर आन्दोलन चर्काइरहेका बेला ‘पठाओ’ ले भने ‘राइडरहरुको अनावश्यक होहल्ला’ भन्दै उनीहरुका मागको उपेक्षा गरेको छ । कम्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया छ ।

त्यसो त राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका छन् । राइडर र पेसेन्जरको अनिवार्य इन्सुरेन्स हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाईको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, बीपीजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नु पर्ने, राइडर र युजर दुबैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग उनीहरुले राखेका छन् ।

सो माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका छन् । हप्ता दिनसम्म पनि आफुहरुको माग पूरा नभए सामूहिक रुपमा कम्पनी त्यागको घोषणा गर्ने चेतावनी राइडरहरुले दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्