20.1 C
Kathmandu

ब्रेकिङ समाचारसरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा प्रदर्शन

सरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा प्रदर्शन

३० मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–मुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शनले गरेको छ । तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् । सरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा प्रदर्शन गरेको छ ।

देशैभर सरकारको विरुद्धमा प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेस काभ्रेले पनि प्रदर्शन गरेका थिए । काभ्रेको गोदामचोकबाट सुरु गरेको र्‍याली तीनदोबाटोमा पुगेर कोण सभामा परिणत गरिएको थियो ।

देशभरका प्रदर्शनमा कांग्रेस कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता देखिएको थियो । पार्टीका केन्द्रीय नेताहरुले नै जिल्ला(जिल्लामा पुगेर विरोध प्रदर्शनको अगुवाइ गरेका थिए । काठमाडौंको शान्ति बाटिकामा भएको विरोध प्रदर्शनमा झण्डै ७र८ हजारको सहभागिता रहेको कांग्रेस नेताहरुले बताएका छन् । जिल्लाहरुमा भएको प्रदर्शनमा पनि उल्लेख्य सहभागिता देखिएको कांग्रेस नेताहरुले बताएका छन् ।

सुरक्षा निकायले गरेको रिपोर्टिङमा पनि कांग्रेसको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको निश्कर्ष निकालेको छ । उसले देभरका प्रदर्शनमा करिब ९२ हजारको सहभागिता रहेको रिपोर्ट तयार पारेको बुझिएको छ ।

ओली सरकारको पक्षपातपूर्ण एवं सर्वसत्तावादी प्रवृत्ति, कोभिड(१९ नियन्त्रणमा देखिएको उदासीनता र भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रदर्शनहरुमा ओलीविरुद्ध चर्का नाराहरु लगाउनका साथै कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्