23.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपाका नेता कमानसिं लामाको निधन प्रति प्रचण्डद्वारा शोक व्यक्त

नेकपाका नेता कमानसिं लामाको निधन प्रति प्रचण्डद्वारा शोक व्यक्त

२५ मंसिर २०७७
काठमाडौ
–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य कमानसिं लामाको निधन प्रति अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले शोक व्यक्त गरेका छन् । आज एक शोक वक्तव्य जारी गरी अध्यक्ष प्रचण्डले दिवंगत लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमरेड कमान सिंह लामाको कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान असामयिक निधन भएको खबरले मलाई दुखित् तुल्याएको छ ।’ शोक वक्तव्यमा भनिएको छ, ‘कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने।क।पा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो ।’

नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूणर् भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिणर्यको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहँदै आएको प्रचण्डद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘जुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूणर् कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महशुस गरेको छु । कमरेड लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।’ शोक वक्तव्यमा भनिएको छ, ‘दिवंगत कमरेड लामाप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्