27.1 C
Kathmandu

ब्रेकिङ समाचारभक्तपुर कार दर्घटनाःरियाको मृत्यु हुँदा अरुलाई किन केही भएन

भक्तपुर कार दर्घटनाःरियाको मृत्यु हुँदा अरुलाई किन केही भएन

२३ मंसिर २०७७
काठमडौ
–भक्तपुरमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले दुर्घटना योजनाबद्ध भएको आशंका गरेका छन । तसर्थ घटनाको गम्भीर छानबिन गर्न माग गर्दै आमा सम्झनाले महानगरीय प्रहरी वृत्त, ठिमीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।

मृतक रियाका पति राजुले सवारी दुर्घटना हुँदा श्रीमती रियाको मृत्यु हुनु र अरु सबै सकुशल रहनु नै शंकाको मुख्य कुरा भएको बताए । रियाको चोट र गाडीमा हुने अन्यको अवस्था मात्रै हेर्दा पनि धेरै कुरा थाहा भइहाल्छ’, उनले भने, ‘अस्पताल लैजानुपर्नेमा चालकसहित सबै जना मध्यराति भागे भन्ने कुरामा पनि शंका गर्ने ठाउँ छ ।’

उनले प्रहरीलाई घटनाको सत्यतथ्य गम्भीर भएर अनुसन्धान गरिदिन पनि भनेका छन् । ‘म पेशाले सवारी चालक हुँ, मलाई अन्याय भएको छ, प्रहरीले हामी जस्ता नागरिकलाई पनि न्याय दिओस्’, उनले भनेका छन् ।

प्रहरीले भने तीब्र गतिमा रहेका कारण दुर्घटना भएको आशंका गर्दै रियाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर ज्यान गएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, काठमाडौं मेडिकल कलेज, दुवाकोटले दिने पोष्टमार्टम रिपोर्टको आधारमा प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्