17.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा विवाद बहुमत–अल्पमतमा

नेकपा विवाद बहुमत–अल्पमतमा

२१ मंसिर २०७७
काठमाडौ
–देशका प्रमुख राष्ट्रिय दैनिकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादले प्राथमिकता पाएको छ । सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा विपरित स्थायी समिति बैठक बोलाएपछि विवादले नयाँ रुप लिएको आज प्रकाशित समाचारहरुमा उल्लेख गरिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रुपमा तोडिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । बहुमत सदस्यहरुको पहलमा शनिबार बसेको सचिवालयन बैठक र त्यही बैठकका बहुमत सदस्यहरुबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्