28.1 C
Kathmandu

ब्रेकिङ समाचारअमिर दोङ द्धारा निर्देशित तामाङ प्रेम गित 'मायाला म्हेन्दो' सार्वजनिक (भिडियो सहित)

अमिर दोङ द्धारा निर्देशित तामाङ प्रेम गित ‘मायाला म्हेन्दो’ सार्वजनिक (भिडियो सहित)

२० मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–तामाङ चलचित्र जगतका चर्चित नायक तथा निर्देशक अमिर दोङ द्धारा निर्देशित तामाङ प्रेम गित ‘मायाला म्हेन्दो’ अर्थात मायाको फूल बजारमा सार्वजनिक भएको छ । शनिबार काठमाडौ जोरपाटी स्थित छिमेकी क्याफेमा एक बिशेष कार्यक्रमका साथ उक्त गित सार्वजनिक गरिएको हो ।

सेलो सम्राट चन्द्रकुमार दोङको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईबा र नायक अमिर दोङको विशेष आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘मायाला म्हेन्दो’ नामक तामाङ प्रेम गितमा शब्द संगित संजिव वाइबाको रहेको छ भने आवाज पनि संगितकारद्धय संजिव वाईबा र सशिकला मोक्तानको रहेको छ ।

उक्त गित सार्वजनिक कार्यक्रममा नायिका रोशनी ब्लोन, रितुराज पाख्रीन, रोशन फ्युवा, युवा व्यवसायी तथा युवा नेताको रुपमा समेत चिनिएका नव मोडल सागर मोक्तान लगायत तामाङ समुदायका विभिन्न कलाकार तथा सामाजिक अभियान्तहरुको समेत बाक्लो उपस्थिति रहेका थिए । कार्यक्रम सन्चारकर्मी/सामाजिक अभियान्त सुदिन दोङले सञ्चालन गरेका थिए भने कार्यक्रममा संचार व्यवस्थापन भने सारा खबर डटकमका सम्पादक तथा सञ्चालक मिलन कुमार दोङले गरेका हुन ।

माया प्रेममा आधारित उक्त गितमा नायक तथा निर्देक अमिर दोङको निर्देशन तथा युद्ध लामा ब्लोनको कोरीयोग्राफीमा रजनि घिसिङ र बिजय ब्लोनको साथमा हांस्यकलाकार कुईसाङ रुम्बा र अनिता नेगिको आंशिक अभिनय हेर्न सकिनेछ । बज्र न्यासुरद्धारा छायङकन सम्पन्न उक्त गितको सम्पादन अमिर दोङ स्वयमले गरेका हुन भने कलरीङ सुर्य लामाले गरेका हुन ।

भिडियोमा रजनि घिसिङ र बिजय ब्लोन बिचको माया प्रेमको भावना संगै एक अर्काको मनोआकांक्षाहरु पुरा गर्नका लागी कामना सहित माया प्रेममा रहेका युगल जोडीको भविष्यमा आउन सक्ने समस्याको साथै समस्या समाधानका उपायहरु समेत अत्यन्तै सरल ढंगले व्यक्त गर्न खोजेको पाईन्छ । गित तामाङ सुपरस्टार डम्फु मिडिया (TSS Damphu Media House) मा हेर्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्