17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको नमोबुद्धमा पर्या–पर्यटन कार्यक्रम सञ्चालन हुने

काभ्रेको नमोबुद्धमा पर्या–पर्यटन कार्यक्रम सञ्चालन हुने

११ मंसिर २०७७
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिकामा विपत जोखिम पर्या–पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।
वातावरण तथा बाल सरोकार संस्था नेपाल ९इको नेपाल० र नमोबुद्ध नगरपालिकाको साझेदारीमा ‘नेपालमा विपद जोखिम संवेदनशील पर्यापर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’ सञ्चालन हुन लागेको हो । नमोबुद्धसहित धुलिखल, पनौती, बल्थली, नगरकोट र चाँगु नारायणमा यो कार्यक्रम सञ्चालन हुँदैछ । उक्त कार्यक्रम कार्यक्रमबाट यी क्षेत्रको पर्यटनको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनुका साथै सम्भावित २४ वटा ठाउँमा पर्यटन प्रवद्र्धनसम्वन्धी सूचना पाटी राखिनेछ । यस्तै २४ जनालाई यसबारे अभिमुखीकरण गर्ने र राष्ट्रियस्तरको कार्यशाला गोष्ठी गरी पर्यटनको प्रचार एवं प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्य लिइएको छ ।

परियोजना सञ्चालनका लागि सरोकारवालाहरुबीचको बैठक एवं पर्यटन प्रवद्र्धन समिति नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख टिपी र्शा तिमल्सिनाको अध्यक्षता तथा नेपाल सरकारका पुर्व मुख्यसचिव डा। सोमलाल सुवेदीको विशेष आथित्यतामा सम्पन्न बैठकले नगर प्रमुख तिमल्सिनाको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति गठन गरेको हो ।

समितिका सहसंयोजकमा उपप्रमुख रामदेवी तामाङ तथा सदस्यहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, कार्यक्रम लागु हुने वडाहरु वडा नं। १ का अध्यक्ष कर्म ग्याल्बो लामा, वडा नं। १० का अध्यक्ष रामकृष्ण उपाध्याय र वडा नं। ११ का अध्यक्ष कृष्णवहादुर तामाङ, जिल्ला समन्वय समिति सदस्य कृष्णवहादुर तामाङ, इन्जिनियर उज्ज्वल अर्याल रहेका छन् । यस्तै नगर कार्यपालिका सदस्य स्वेता लामा, नगरसभा सदस्य कल्पना सत्याल, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, पर्यटन व्यवसायीका तर्फबाट संस्कृति फार्मका कार्यकारी निर्देशक श्रीकृष्ण धिताल, नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्ष, भकुण्डेबेसी जेसीजका प्रतिनिधि, इलाका वन कार्यालय डराउनेपोखरीका प्रमुख समितिको सदस्य रहेका छन् भने नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्ले सदस्यसचिव रहेका छन् ।

बैठकमा इको नेपालका सल्लाहकारसमेत रहेका पुर्वमुख्यसचिव सुवेदीले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सहकार्यको सुरुवात भएको भन्दै नमोबुद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरु बनाउन आग्रह गरे । उनले यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । नगप्रमुख तिमल्सिनाले कार्यक्रमलाई नगरपालिकाले अपनत्व लिएर अगाडि बढ्ने भन्दै आगामी दिनमा पनि थप सहकार्यका लागि तयार रहेको बताए । यस्तै उपप्रमुख रामदेवी तामाङले नमोबुद्धसहित दाप्चा क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिइन् । उनले यस्ता कार्यक्रममा महिलाहरुको पनि प्रतिनिधित्व गराउन सके थप फलदायी हुने पनि बताइन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरपालिकामा भइरहेका गतिविधिबारे जानकारी दिएका थिए भने इको नेपालका अध्यक्ष रामचन्द्र न्यौपानेले संस्थाका गतिविधि र परियोजनाबारे जानकारी दिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्