21.1 C
Kathmandu

ब्रेकिङ समाचारगोताखोर टोलीले त्रिशुलीमा खसेको भ्यानबाट निकालियो दुई जनाको शव

गोताखोर टोलीले त्रिशुलीमा खसेको भ्यानबाट निकालियो दुई जनाको शव

११ मंसिर २०७७
काठमाडौ
–प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको पश्चात गोताखोर टोलीले दुई जनाको शव निकालेको छ ।

गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको शशस्त्र प्रहरीले जनाएको छ । भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ।

भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको थियो भने उक्त भ्यानलाई नदीले पुरै डुबाएको थियो। पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्