24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

११ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–हरिवोधनी एकादशीको अवसर पारेर पनौती नगरपालिका– ११ बल्थलीमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल रेडक्रस बल्थली उपशाखाको आयोजनामा भएको कार्यक्रममा ३४ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष होमप्रसाद पाठकको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य कुमार थापाको विशेष आथित्यतामा सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाका सभापति मुकुन्दप्रसाद अर्यालयको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लड्केश्वर युवा क्लब र जनकप्रसाद–शोभादेवी हुमागाईं प्रतिष्ठानले सहयोग गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाले आयोजना गरेको यो २१ औं पटकको रक्तदान कार्यक्रम भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उपशाखाका सभापति मुकुन्दप्रयास अर्यालले जानकारी दिएका छन् । हरिवोधनी अर्थात ठूलो एकादशीको अवसरमा बल्थलीस्थित लड्केश्वरमा हरेक बर्ष मेला लाग्ने गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्