27.1 C
Kathmandu

ब्रेकिङ समाचारतेमाल गाउँपालिका वडा नं. ३ मा सिपमूलक तालिम कार्यक्रम शुरु

तेमाल गाउँपालिका वडा नं. ३ मा सिपमूलक तालिम कार्यक्रम शुरु

०९ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ सरम्थलीमा युवा स्वरोजगारका लागि ९० दिने सिपमूलक तालिम कार्यक्रम शुरु भएको छ । पालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गामाया तामाङले पानसमा दिप प्रज्वलन गरि विधिगत रुपमा कार्यक्रम शुरु भएको थियो । उक्त तालिममा ३० जना युवाहरुको सहभागिता रहेको छ ।

अल्कापुरी संस्था सँगको सहकार्यमा वडाध्यक्ष विष्णु बहादुर तामाङको विशेष पहलमा सो कार्यक्रम संचालनमा आएको हो ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख अतिथि दुर्गामाया तामाङले “ मैले त ३ दिनको सिप मुलक कार्यक्रम होला भन्ठानेको थिएँ तर ९० दिनको रहेछ । यो त युवाहरुको लागि धेरै खुशीको कुरा र सुवर्ण अवसर हो । विदेशमा गएर दुःख गर्नु भन्दा त यहाँ नै सीप सिकेर केही गर्नु राम्रो कुरा हो । त्यसकारणले तेमाल गाउँपालिकाले के कस्तो सहयोग गर्नु पर्ने हो सहयोग गर्न तयार छ । सफलताको शुभकामना । ” दिँदै हर तरहको सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो ।

वडाध्यक्ष विष्णु बहादुर तामाङले वडाको विकासको लागि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन अझै पहल गरिरहेको बताउनु भयो ।
नेपाल युथ फाउन्डेशनका प्रोग्राम मेनेजर मदन खड्काले देशको विभिन्न ठाउँमा सिप मुलक कार्यक्रम संचालन भैइरहेको र तेमालमा पनि शुरु गर्न पाउँदा खुशी लागेको बताउनु भयो भने तालिम पुरा भएपछि जागिरको लागि चिन्ता लिनु नपर्ने विश्वास दिलाउनु भएको थियो ।

तेमाल गाउँपालिकामा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएका छन् तर प्रभावकारी भने हुन सकिरहेको छैन ।
वडाध्यक्ष तथा कार्यक्रमका सभापति विष्णु बहादुर तामाङले वडामा रहेका बेरोजगार युवाहरुलाई सिपको तालिम दिएर रोजगार दिलाउनका लागि आफु तयार रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्व गा।वि।स। अध्यक्ष विष्णु तामाङको पनि उपस्थिति रहेको थियो । उहाँले सारा खबर सँगको छोटो संवादमा बताउनु भयो “विकासको क्रमलाई हेर्ने हो भने पहिलाको भन्दा धेरै राम्रो छ । म गाविस अध्यक्ष हुँदा अहिलेको वडाध्यक्ष उपाध्यक्ष थिए । उहाँले अहिले धेरै राम्रो काम गर्नु भएको छ । यो मेरो मात्र भनाइ होइन यो त सबै ३ नम्बर वडाका बासिन्दाको हो । नपत्याए तपाईले गाउँले जो कोहिलाई सोध्दा पनि हुन्छन । राम्रोलाई त राम्रो भन्नु पर्यो नि हैन र रु”

तालिममा सहभागी हुन आएका युवाहरुसँग पनि हामीले प्रतिकृया लिएका थियौँ । उहाँहरुले तालिम लिन पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्