24.1 C
Kathmandu

अन्तर्राष्ट्रियमलेसियाको केलाङमा नेपालीद्धारा सिक्किमकी एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या

मलेसियाको केलाङमा नेपालीद्धारा सिक्किमकी एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या


२७ कार्तिक २०७७/कुले दोङ तामाङ(मलेसिया)
मलेसिया
–मलेसियाको सेलाङगर राज्यको केलाङ क्षेत्रमा रहेको दर्शन नमस्ते नेपाली रेस्टुरेन्टमा बिगत ५ बर्ष देखी काम गर्दै आएकी दार्जिलिङ घर भएकी आइतमाया मगर (आरति मगर) को बुधबार एक नेपाली ग्राहकले छुरा प्रहार गरि हत्या गरेको जानकारी प्राप्त भएको छ।

सामान्य विवाद बाट शुरु भएको तनाब अन्तत मृत्युमा परिणत भएको छ । उक्त नेपाली रेस्टुरेन्टमा प्राय निरन्तर ग्राहकको रुपमा आइरहेका एक नेपालीले धारिलो छुरा प्रहार गरि मगरको हत्या गरेका हुन्।

अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्था रहेको नेपाली ग्राहकले के कति कारणले मगरको हत्या गरे भन्ने बारे आधिकारिक पुष्टि हुन सकेको छैन। यद्दपी प्रतक्ष्यदर्शीका अनुसार दुवै जना प्रेम सम्बनधमा रहेका खुल्न आएको छ र हत्याको कारण पनि त्यहि हुन् सक्ने अनुमान रहेको श्रोतको भनाइ छ भने हत्याराको पहिचान पनि खुलेको छैन।

मलेशियन प्रहरीले हाल मृतकको शब मुचुल्का उठाउने काम गरीरहेका छन् भने हत्या गर्ने ब्यक्ती बेहोसी अवस्थामै अस्पतालमा प्रहरीको निगरानीमा रहेको जानकारी प्राप्त भएको छ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्