24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध न.पा.१०का वडाध्यक्ष जाडोमा न्यानो कपडा लिएर वस्तिवस्तिमा छिर्दै, ज्येष्ठ नागरिकले रुदै...

नमोबुद्ध न.पा.१०का वडाध्यक्ष जाडोमा न्यानो कपडा लिएर वस्तिवस्तिमा छिर्दै, ज्येष्ठ नागरिकले रुदै दिए आशिर्वाद


२५ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.१० ले मांगलवार जाडोमा लगाउनका लागि न्यानो कपडा लिएर बस्तिबस्तिमा पुगेर बितरण गरेका छ्न ।

मंगलवार वडाध्यक्ष रामकृष्ण उपाध्याय सहित वडाका सबै निर्वाचित वडा समिती र कर्मचारीहरु ज्येष्ठ नागरिक र एकल महिलाका लागि जाडोमा लगाउनका लागि १/१ थान स्विटर, ट्राउजर, टोपी, माक्स र चार्जेबल टर्च, लाईट बितरण गर्दै वडाका सबै बस्तिबस्तीहरुमा पुगेका हुन ।

गत साल ज्येष्ठ नागारिकहरुलाई खाद्यसामाग्रीको साथमा लट्ठि बितरण गरेकोमा यो बर्ष भने कोरोनाको महामारिलाई मध्यनजर राख्दै ज्येष्ठ नागरिकहरुलाई चिसो बाट बचाउन र सङ्क्रमण रोकथाम गर्नका लागि न्यानो कपडा बितरण गरेको वडाध्यक्ष रामकृष्ण उपाध्यायले नमोबुद्ध न्युजलाई बताएका छ्न ।

१० न.वडाका विभिन्न बस्तिहरुमा जनप्रतिनिधी र कर्मचारिको टोलीले ती सामागृहरु वितरण गरेपश्चात कपाल सेत्तै फुलिसकेका लट्ठिको साहारामा गर्मीमा सितल र जाडोमा घाम खोज्दै हिडेका ज्येष्ठ नागारिकहरुले आंखाभरी आंशु पार्दै आपसमा खुशी ब्यक्त गर्दै वडाध्यक्षलाई आशिर्वाद दिएका थिए ।

वडाध्यक्ष रामकृष्ण उपाध्याय को साथमा वडा सदस्यहरु उर्मिला अधिकारी , बिष्णु माया बिक, सानुबाबु पाठक, सुकमान तामाङ, वडा सचिव बिरेन्द्र रावल, वडाका कर्मचारी सम्झना तिवारी लगायतका टिम नै मंगलवार वडाका सिम्ले लहरी, सिम्ले भन्ज्यङ, भोले डांडा, बसेरी पाठक गाउँ , बसेरी तामाङ गाउँ, पुराना गाउँ स्वास्थ्य चौकी सम्मका वस्तिमा मंगलबार जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा बितरण गर्दै सम्मान कार्यक्रम बिसर्जन गरिएका थिए ।

वडाका बांकी बस्तिहरुमा भने भोलि बितरण गर्ने वडाध्यक्षले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्