कोरोना सङ्ग २८ देने यात्राको अनुभ​वः सञ्जय पोखरेल

कार्तिक १६, २०७७



१६ कार्तिक २०७७ ​ .
काठमाडौ
–”२८ दिन निरन्तर होम आइसोलेशन मा बस्दा मन भित्रका कुराहरुलाई पोख्ने जमर्को गरेको छु। कोरोना सङ्कमित ब्यक्तिको प्रत्यक्ष सम्पर्कपछि सचेत भ​एर कोरोना जाँच गर्नु अगाडि नै होम आइसोलेशनमा बस्ने निर्णय गरे। घरमा ८८ वर्षीया वृद्धा हजुर आमा । जसरी भए पनि उहाँलाई सुरक्षित राख्नुपर्ने जिम्मेवारी मेरै काँधमाथि थियो । यस कारण्ले पनि कुनै लक्षण नहुँदा नहुँदै पनि होम आइसोलेशनमा बस्दै गरें । ५ दिनपछि कोरोना जाच गरें रिपोर्ट पोजेटिभ नै आयो । रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै पनि मनमा डरको कुनै अनुभूति नै भ​एन ।

पहिलो सोच अब छिटो निको भ​एर प्लाज्मा थेरापि गर्नुपर्छ भन्ने आयो र दोस्रो, घरपरिवारलाई कसरि बचाउने भन्ने चुनौति पनि अब मेरो काँधमा थपिएको थियो । त्यसपछि कोरोना पोजेटिभ भ​एको कुरा सार्वजनिक गर्ने र्निर्णय गरें । रोग लुकाएर होइन देखाएर समाजको सामना गर्छु भन्ने बिचार शायद ममा आयो ।

अनि देश विदेशमा रहनुभ​एका साथिभार्इ, इष्टमित्रहरुको माया र सद्भाव बर्सिन थाल्यो । यसले गर्दा दिनहरु बितेको पत्तै भ​एन, रोग सँग लड्दै अगाडि बढ्न अलि सजिलो भयो । ५/७ दिन सम्म त ममा कुनै सिमटम नै थिएन , जब सातौं दिनको साँझ १०२ डिग्रीसम्म ज्वरो आयो, टाउको बेस्सरी दुख्यो एकै चोटि २ वटा सिटामोल खाएर सुतें । एउटा बन्द कोठामा एक्लै ज्वरोले हनहनी हुँदा नआत्तिएको पनि हैन म। घर परिवारलाई भनिहाल्ने आँट पनि भ​एन​ । त्रास मात्र बढ्ने न हो, उपाय के नै छ र​, मैले सोचे। आत्मबल दह्रो बनाउँछु, सहन्छु भन्दै गर्दा पनि मन कहाँ मान्थ्यो र मन डराउन थाल्यो। त्यो रात पसिनाले पूरै शरिर भिजेको थियो। धेरै सकसका साथ बिताएँ। बिहान उठ्दा ठीक हुँदै ग​एको महसुस भयो मन पनि हल्का भयो ।

बी.पी. सङ्ग्रहालयका अध्यक्ष बुवा परशुराम पोखरेल आफू कोरोना भ​एको समयको कुराहरु बताएर नडराउन बारम्बार हौसला दिईरहनु भयो । त्यस्तै नेपाल मेडिकल कलेजका ल्याब टेक्निसियन साथि सञ्जय आचार्यले मलाई घरमै आई औषधी तथा परामर्श दिनुभयो उहाँहरुप्रति आभार छु ।
दिनहरु यसरी सामान्य रुपमा बित्दै थियो। आफ्नो भन्दा पनि आफ्नाको चिन्ताले म अझै बढी कमजोर भएको थिएँ । मेरो पोजिटिभ आएको ६ दिनमा मेरो लडाइँमा मलाई हरेक पाइलामा साथ दिने मेरी श्रीमतीको कोरोना जाँच गर्दा नेगेटिभ आयो । यसले मेरो आधा चिन्ता घटेको थियो र त्यो ठाउँ खुशीले लिएको थियो । घर परिवारको चिन्ता कम भ​एपछि कोरोना जित्न अब सजिलो हुने सोचें ।

कोरोनाको प्रभाव कम हुँदै ग​एको महसुस गर्दै गर्दा एक्कासी बेलुका छाती दुखेको जस्तो भयो । त्यो दित अलि चाँडै सुतें। राति ११ बजेतिर छाती दुख्यो। सास फेर्न गार्हो भयो अनि मुखबाट स्वर नै न​आएको जस्तो भयो। २ दिन अगाडि मात्र भान्दाइलाई अक्सिजनको कमीले सास फेर्न गार्हो भएर
हस्पिटल लैजाने क्रममा निधन भ​एको घटना सम्झें र झसङग भ​एँ । खल खल पसिना आयो झ्याल खोलेर टाउको बाहिर निकाले । आजको रात अन्तिम भन्ने पनि नआएको होइन। ८/१० मिनेटसम्म यस्तै भयो ।
घरमा यसरी बन्दी झैँ दिनहरु बिताउने क्रममा मसङ्गै पोजेटिभ हुनुभ​एका हास्य कलाकार श्रीकृष्ण सिम्खडा दाइ इस्टपोल स्कुलका सह प्राचार्य​, समाजसेवी, सङगम टोल सुधार समितिका अध्यक्ष मित्र प्रकाश अधिकारी , जीवन चालिसे दाइ, स्वस्तिक अधिकारी दाइ, पवित्रा अधिकारी पौड्याल दिदी, सामना आचार्य दिदी, बिकास श्रेष्ठ ​, लगायत अन्य साथीहरु सङ्ग दैनिक जस्तो आफ्नो कोरोना अनुभव साटासाट गर्न पाउँदा दिनहरु सहजै बिते । एक हिसाबले मैले आफूलाई भाग्यमानी पनि ठानेँ। कारण, मैले फोन गरेर हालचाल बुझ्ने सिलसिलामा कति साथीहरुको कसैले पनि फोन समेत नगर्ने, छरछिमेकीले कोठाबाहिर छतसम्म जाँदा पनि छिः छिः, दुर दुर गरेर अमानवीय व्यवहार गरेको, घरका सबै परिवार होम आइसोलेशनमा बस्दा दैनिक उपयोगका सामग्री तथा औषधी समेत ल्याइदिने कोही नहुँदा रोगले भन्दा पनि शोकले गर्दा मानिसहरूमा पीडा थियो। यस्तो समयमा पनि सामाजिक तिरस्कारको सामना गर्नु परेको सुन्दा मन कटक्क हुनु स्वाभाविक हुनुपर्छ ।

होम आइसोलेशन मा बस्दै गर्दा देश सम्झें, सरकार सम्झें, स्थानीय निकाय सम्झें, य​स्तो म​हामारिको स​म​य​मा प​नि स​र​कारि संय​न्त्र​ दिक्क लाग्दो स​स्तो लोकप्रिय​ताको लागि मात्र​ कुदेको छ​ स​र​कार​ । साथीभाइले खपेको दुःख पीडा सम्झें । हाम्रो समाजको सोचाइ कति साँघुरो छ , मानवता छैन मान्छेमा । यही समाजले गर्दा कतिले रोग लुकाएर हिँडेका छन त कति कोरोना संक्रमितहरु व्यक्तिहरु खुलेआम हिडेका होलान । ॥॥
१७ दिन पछि पनि फेरि कोरोना रिपोर्ट पोजेटिभ आयो तर पनि अझ हरेस खाएको थीएन । मनोबल उच्च बनाउने कोसिस गरें र चाडै ठीक हुनेछु र मैले गरेको अठोट पुरा गर्नेछु । कोरोना रिपोर्ट नेगेटिभ आको १४ दिन​ प​छि प्लाज्मा थेरापिको माध्यमबाट कोरोना बिरामीको लागि रक्तदान गर्ने अनि कोरोना जितेका साथीभाइहरुलाई पनि अभिप्रेरित गर्ने कार्य पूरा गर्नको लागि आतुर भ​एको थिए॥॥
२८ औ दिनसम्म कोरोनासङ्गको सकसपूर्ण यात्राको अनुभ​ब गर्रिरहदा समाजलाई यो आग्रह गर्न चाहें कि तपाइँको घर छिमेकमा कोरोना पोजिटिभ जो कसैलाई समस्या त परेको छैन, यदि समस्या परेको देख्नुभयो अथवा सुन्नुभयो भने यस्तो महामारीको समयमा मानवीय सेवा गरौं। मानवीय सेवा नै सबभन्दा ठूलो धर्म हो ।
अब​ समाजमा कोरोना पोजेटिभ भ​एकाहरुलाइ आफुले सक्ने सहयोग गर्ने मनष्थिति बनाएको छु ।”
( सञ्जय पोखरेल )