28.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकमा विपन्नलाई दशैंलक्षित राहत

नमोबुद्ध नगरपालिकमा विपन्नलाई दशैंलक्षित राहत

५ कार्तिक २०७७
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिकाका सय भन्दा बढी विपन्न परिवारलाई दशैंलक्षित राहत वितरण गरिएको छ ।

नेपाल जेसुइस सामाजिक संस्थाको सहयोगमा नमोबुद्ध नगरपालिकाले नगरभित्रका ११ वटै वडाका १ सय १२ परिवारलाई राहत वितरण गरेको हो । आज नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत वितरण गर्नुभएको छ । राहत प्याकेजमा प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ किलो चना, १ लिटर तेल, १ केजी सोयाविन तथा २ किलो दाल रहेको छ ।

नगरपालिकाका सबै वडाका अति विपन्न, अशक्त, अपांग तथा एकल महिलालाई राहत दिइएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाले कोभिड १९ महामारी सुरु भएयता वितरण गरेको यो चौंथोपटकको राहत हो । यसअघि नगरपालिकाले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा राहत वितरण गरिसकेको छ ।

कोभिड १९ को महामारीका कारण पीडित विपन्न परिवारलाई दिइएको राहतले उनीहरुको पनि दशैं उल्लासपुर्ण हुने अपेक्षा गरिएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो । आफूहरु नगरबासीको हितका लागि सधैं क्रियाशिल रहेको भन्दै तिमल्सिनाले सहयोग र राहत आगामी दिनमा पनि उपलव्ध गराउँदै जाने बताउनुभयो । राहत लिन उपस्थित भएका विपन्न परिवारका सदस्यहरुले यो राहतले आफूहरुको दशैं राम्रो हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्