26.1 C
Kathmandu

ब्रेकिङ समाचार‘हामी महाभारतको मुहार फेर्छौं’ –सांसद रत्न ढकाल

‘हामी महाभारतको मुहार फेर्छौं’ –सांसद रत्न ढकाल

४ कार्तिक २०७७
काठमाडौ
– वागतमी प्रदेशका सांसद रत्न ढकालले काभ्रेको महाभारतको मुहार फेर्ने दावी गरेका छन् । सोमबार महाभारत गाउँपालिका वडा नं. ५, बेतीनीमा बस सेवा उद्घाटन गर्दै सांसद ढकालले उक्त कुराको दावी गरेका हुन् ।

महाभारतको जनतालाई र महाभारतलाई आफूहरुले राम्रोसँग चिनेको बताउँदै सांसद ढकालले सबै प्रकारको विकासमा आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै महाभारतका सबै वस्तीमा सडक पु¥याउने बताए । ‘तपाईंहरुले नेकपालाई चिन्नुहोस् । तपाईंहरु नआतिनुहोस् । हामी तपाईंहरुको साथमा छौं । महाभारत गाउँपालिका भित्र खोल्नुपर्ने सबै ट्र्याक खुल्छ ।’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सबै बस्तीमा सडक पुग्छ । कुनै छुटेको छ भनेपनि पुग्छ अब ।’
महाभारतको सबै वडाहरुमा बाह्रै महिना बस चल्ने सडक सञ्जाल बनाउन आफू लागिपरेको सांसद ढकालले बताए ।

उज्यालो अभियान शुरु
यसैबीच ढकालले आफूहरुको पहल र जोडमा महाभारतमा अरबौंको लगानीमा उज्यालो अभियान शुरु भएको बताए । ‘अरबौंको लगानीमा महाभारत गाउँपालिकाको को सबै घरहरुमा अब उज्यालोको अभियान शुरु भइसकेको छ ।’ उनले भने, ‘केन्द्रिय लाइन हामी घरघरमा पु¥याउने छौं । यसको काम शुरु भइसकेको छ । अब यहाँका जनताको अँध्यारोमा बस्ने दिन अन्त्य हुँदैछ ।’
ढकालले महाभारत गाउँपालिका वडा नं. ५, बेतीनीका जनताको खानेपानीको समस्या पनि चाँडै हल गरिने बताए । ‘ढुक्क हुनुहोस्, बेतेनीका जनताको खानेपानीको समस्या हाम्रो कार्यकालमा हल गरिनेछ ।’

भिडियो हेर्नुहोस्ः

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्