26.1 C
Kathmandu

ब्रेकिङ समाचारजिप दुर्घटनामाः ५ जनाको मृत्यु, ३ जना घाइते

जिप दुर्घटनामाः ५ जनाको मृत्यु, ३ जना घाइते

०२ कार्तिक २०७७
काठमाडौ
–उदयपुरको कटारी–१४ मा भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो दुर्घटना भएको हो । दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।

स्कर्पियो गएराती १ बजेतिर दुर्घटना हुंदा ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिएको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत भदौरे भिरबाट स्कोर्पियो खस्दा घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्