18.1 C
Kathmandu

ब्रेकिङ समाचारड्युटीमा खटिएका प्रहरीको हत्या, एकजना बेपत्ता

ड्युटीमा खटिएका प्रहरीको हत्या, एकजना बेपत्ता

०२ कार्तिक २०७७
काठमाडौ
– कैलालीमा शनिवार गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटीमा गएका दुईजना मध्य एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता रहेको छ ।

जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक/असई गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए । नीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता/एसएसपी मुकेश कुमार सिंहले बताए ।

शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै रहेको छ। तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान शुरु गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्