23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकामा सुख्खा पहिरोका कारण अबरुद्ध सडक सुचारु

नमोबुद्ध नगरपालिकामा सुख्खा पहिरोका कारण अबरुद्ध सडक सुचारु

२८ असोज २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.५ सातमुल स्थित सोमबार राती झरेको सुख्खा पहिरोको कारण सडक अबरुद्ध थियो । सोमबारदेखी अबरुद्ध सडक आज राती बाट सुचारु भएको छ ।

वडा नं.५ को समन्वयमा नगरपालिकाबाट पहिरो पन्छाउने काम भएको हो । सुख्खा पहिरो पन्छाउने काम आज राती अबेर सम्म सकेता पनि पुर्न रुपमा बाटो मर्मतको काम भने अझै बांकी रहेको र केही दिनमै बर्षातको कारण बिग्रेको सडक बनाउने काम सकिने स्थानीय युवा सुनिल लामाले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो ।

बर्षातको कारण बिग्रेका नमोबुद्ध नगरपालिका वडा नं.५ भित्रका सम्पुर्ण सडक सुचारु गर्ने काम धमाधम भैरहेको र दशैं अगावै सो काम सम्पन्न हुने कुरा वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिएको छ । नगरपालिका अन्तर्गत वडा नं. ५ स्थित ह्रिन्जेन दोर्जे मार्ग बाट लास्कोट हुंदै विपि राजमार्ग जोड्ने सडक बर्षातको कारण केही समय अगाडि देखी नै पुर्ण रुपमा अबरुद्ध थिए । सो सडक खण्ड अहिले सुचारु भए संगै वडाबासीहरुलाई आवातजावतमा निक्कै सहज भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्