24.1 C
Kathmandu

ब्रेकिङ समाचारएकै गाउँमा झुण्डिएको अवस्थामा दुई युवकको शव फेला

एकै गाउँमा झुण्डिएको अवस्थामा दुई युवकको शव फेला

२८ असोज २०७७
काठमाडौ
–महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं.६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्