28.1 C
Kathmandu

ब्रेकिङ समाचारफरार प्रतिवादी सूचीमा रहेका शिक्षक विद्यालयमा हाजिर गर्छन् तर प्रहरी मौन

फरार प्रतिवादी सूचीमा रहेका शिक्षक विद्यालयमा हाजिर गर्छन् तर प्रहरी मौन

२२ असोज २०७७
काठमाडौ
– प्रहरीको फरार सूचीमा रहेका काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं। ९ का एक विद्यालयका शिक्षक विद्यालयमा हाजिर भइरहँदा पनि प्रहरी प्रशासनले न देखिरहेको छ न भेटिरहेको छ । श्री कुशेश्वर मावि, मेच्छे पौवाका प्रावि शिक्षक भिमबहादुर दोङलाई प्रहरीले करिब ३ महिना अघि फरार सूचीमा राखे पनि प्रहरीले उनलाई पक्राउ त के देखे पनि नदेखे झैं गरेको छ ।
बुद्ध चित्त मालाको विषयलाई लिएर स्थानीय निरोज तामाङलाई तरवार लिएर आक्रमण गर्न पुगेका शिक्षक दोङ सार्वजनिक अपराध अन्तर्गत प्रहरीमा जाहेरी परेपछि उनी प्रहरीको फरार सूचीमा रहेको छ । उनी फरार सूचीमा रहने वित्तिकै जिल्ला प्रहरी कार्यालय, काभ्रेले जिल्ला शिक्षा इकाई कार्यालय, तेमाल गाउँपालिका र श्री कुशेश्वर माविमा फरार सूचीमा रहेको जानकारी सहितको पत्र पठाएको थियो ।
विद्यालयमा दिनानुदिन हाजिर हुन आएको कुरा स्थानीयले जानकारी दिंदा पनि प्रहरी भने आफूहरुले प्रतिवादी दोङलाई नभेटेको बताउँदै आएको छ ।
प्रहरी चौकी पोखरी नारायणस्थानमा बुझ्दा फरार सूचीमा रहेको शिक्षक दोङ फेला पार्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय, काभ्रेमा पत्र पठाईसकेको बताइएको छ । ‘हामीले फरार प्रतिवादी शिक्षक भिमबहादुर दोङलाई फेला पार्न नसकेकोले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा जानकारी सहितको पत्र पठाईसकेका छौं ।’ प्रहरीले भन्यो, ‘अब माथिको आदेश जे आउँछ त्यहीं गर्छौं ।’
दिउँसै तरवार लिएर मान्छे काट्छु भन्दै झगडा गर्न पुगेका शिक्षक दोङले प्रहरी प्रशासनलाई घुस ख्वाएकोले देखे पनि पक्राउ नगरेको स्थानीयको अनुमान छ ।

श्रृंखलाबद्ध अपराधमा शिक्षक दोङ
शिक्षक दोङले विभिन्न समयमा धेरै अपराध गर्दै आएको स्थानीय बताउँछन् । उनले विद्यालयमा प्रअ हुँदा धेरै भ्रष्टचार गरेको खुलासा समेत भएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय, काभ्रेले विद्यालय भवन मर्मतको लागि दिएको ७ लाख समेत उनले हिनामिना गरेको बुझिएको छ । उक्त विद्यालय भवन मर्मत कार्य मापदण्ड अनुसार नगरेको र आजसम्म पनि छानो नछाएको अवस्थामा रहेको छ ।

त्यसैगरी विद्यालयमा विभिन्न समयमा ट्याक्सी रिजर्व गरेको विल पेश गर्ने, शैक्षिक सामाग्री खरितमा निक्कै ठूलो रकम हिनामिना गरेको समेत विद्यालय स्रोतले जनाएको छ । प्रधानाध्यापक छोडेको एक हप्ता भित्र विद्यालयको सम्पूर्ण हिसावकिताब अर्को प्रधानाध्यापकलाई बुझाउनुपर्ने नियम भएपनि आजसम्म पनि नबुझाएको समेत खुल्न आएको छ ।

त्यसैगरि पालुघाट होङ्गा टोलका ७५ वर्षिय साईला तामाङ उनकै कुटाईबाट आजसम्म पनि उठ्न सकेको छैन । प्रहरीमा उजुरी गरे फेरि कुट्ने धम्की दिएपछि सहेर बसेको बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्