20.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरी नायब निरीक्षक घुस लिदालिदै रंगेहात पक्राउ

प्रहरी नायब निरीक्षक घुस लिदालिदै रंगेहात पक्राउ

२० असोज २०७७
काठमाडौ
–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक गगन सिंह बोगटीलाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । साथै घुस दिने व्यक्ति पनि पक्राउ परेका छन् ।

सोमबार साँझ बोगटी र यादवबीच घुस रकम लेनदेन भइरहेको अवस्थामा दुवैजनालाई लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित ग्रेण्ड कस्मो लुम्बिनी होटल नजिकैबाट नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जानकारी दिए ।

अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार पक्राउ परेका बोगटीले कार्यालयमा दर्ता भएको रकम लेनदेनको उजुरी मिलाइदिने भन्दै स्थानीय दुर्गेश यादवसँग ५ हजार रुपैयाँ घुस माग गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्