20.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रदिप लामा मोक्तान र याङ्गी दोङको मायाको संसार काभ्रेको तीन धारे झरना(भिडियो...

प्रदिप लामा मोक्तान र याङ्गी दोङको मायाको संसार काभ्रेको तीन धारे झरना(भिडियो सहित)

१८ असोज २०७७/छेडुप तामाङ
काठमाडौ
–नेपाली तथा तामाङ गितसंगित बजारमा एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक हुने क्रम पछिल्ला समयमा ह्वात्तै बढेको छ । यहि क्रममा शबिार एउटा यस्तो म्युजिक भिडियो सार्वजनिक भयो जुन गितमा तामाङ भाषा र नेपाली दुई वटै भाषा सुन्न र हेर्न पाईन्छ । यत्ति मात्रै कहां हो र दुई वटै भाषा प्रयोग गरिएको उक्त गितमा युगल जोडीको प्रेम कहानी मन छुने ढंगले प्रस्तुत गरिएको देखिन्छ ।

शनिबार Biurn Studio & Blog Youtube Channel मार्फत सार्वजनिक गरिएको मायाला ह्युल (मायाको संसार) बोलको गितमा गितकार साङ्गे लामा ब्लोन र उर्गेन दोङको शब्दमा उर्गेन दोङ र दिपा लामाको सुमधुर आवाज रहेको छ भने प्रदिप लामा मोक्तान र याङगी दोङको बेजोड अभिनय हेर्न पाईन्छ । उक्त गितमा गायक द्धय उर्गेन दोङकै संगित÷एरेन्ज रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

प्रदिप लामा मोक्तान र याङगी दोङको मायाको संसारको अड्डाको रुपमा भने पछिल्लो समयमा सामाजिक सञ्जाल लगायत यत्रतत्र सर्वत्र रुपमा चर्चामा रहेको काभ्रे जिल्ला रोशी गाउंपालिका वडा नं.२ मा रहेको तीन धारे झर्ना लगायतको रमाईलो ठाउंको छनौट गरिएको देखिन्छ । युवा पुस्ताले बाहुबाली झरना भन्न रुचाएको, अत्यन्तै चर्चाको शिखरमा रहेको तीन धारे झरनामा छायांकन गरिएको मायाको संसारमा तीन धारे झरना आसपासका मनै लोभ्याउने खालका मनोरम दृश्य संगंै वास्तबमै मायको संसारको अनुभुति गर्न पाइन्छ । प्रदिप लामा मोक्तान र याङगी दोङको एक अर्काको प्रेमकहानी संग सम्बन्धीत मनका कुराहरु अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको देखिन्छ । साथै जो कोहीले पनि यो गित एक पटक हेरेर चित्त नबुझ्ने खालको रहेको पाईन्छ ।

गितमा तामाङ र नेपाली दुईवटै भाषा प्रयोग गर्नुको कारण बारे बुझ्न खोज्दा गित संगित बजारमा अहिले नयांपन खेजीरहेको हुंदा मायाको संसार बोलको गित भित्र दुई वटै भाषा प्रयोग गरेर नयांपन दिनुको साथै नेपाली सबै समुदायले बुझुन भन्ने धारणा रहेको कुरा गितकार सङ्गे लामा ब्लोनले जनाएको छ ।

भिडियो यस्तो रहेको छ :

सिङ्गो टिमले तपाई सम्पूर्णको प्रतिकृयाको अपेक्षा गरिएको छ ।

गितसंगितलाई माया गर्नुहोस हेरेर प्रतिकृया अवश्य दिनुहोस

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्