23.1 C
Kathmandu

ब्रेकिङ समाचारचौरीदेउराली गापामा जनप्रतिनिधिले मदिरा सेवन गरे अब के हुन्छ ?

चौरीदेउराली गापामा जनप्रतिनिधिले मदिरा सेवन गरे अब के हुन्छ ?

१८ असोज २०७७
काठमाडौ
। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले कुनै पनि जनप्रतिनिधिले मदिरा सेवन गरी सार्वजनिक स्थलमा अवान्छित कार्य गरे अरुलाई भन्दा दोब्बर कार्वाही हुने बताएका छन् । मदिरा प्रतिबन्ध गर्ने गाउँपालिकाको निर्णयको विषयमा आज चौंरीदेउराली गाउँपालिका वडा नं. ६ स्थित कात्तिके देउरालीमा स्थानीय जनता, व्यवसायी, आमा समूह, स्थानीय बुद्धिजीवि तथा सरोकारवालाहरुसँगको अन्तरकृया कार्यक्रममा अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।


गाउँपालिकाले ‘मदिरा प्रतिबन्ध कार्यविधि–२०७७’ कार्यन्वयनको लागि भन्दै प्रचार प्रसार तथा सरोकारवालाहरुसँग अन्तरकृया गर्ने योजना अनुसार शनिबार कात्तिके देउरालीमा अन्तरकृया गरेको थियो ।


कार्यक्रममा अध्यक्ष गौतमले व्यवासायिक उद्देश्यले मदिरा ओसार पसार र उत्पादन तथा विक्रि गर्न गाउँपालिकाले पूर्ण रुपमा रोक लगाएको बताउँदै विभिन्न जाति, आदिवासी जनजातिहरुको रिती रिवाज, संस्कार र सँस्कृतिलाई कुनै असर नहुने गरी यो कार्यविधि ल्याएको प्रष्ट पारे । ‘गाउँपलिकाले मदिरा प्रतिबन्ध गर्ने कार्यविधिलाई पूर्ण रुपमा लागु गर्नेछौं । कुनैपनि मदिरा ओसार पसार, उत्पादन र विक्रि वितरणमा रोक लगाएका छौं ।’ गौतमले भने, ‘तर आदिवासी जनजाति, विभिन्न जातिको सँस्कर, सँस्कृति र रिती रिवाजलाई असर नपर्ने गरी मदिरा प्रतिबन्ध गर्न खोजेका हौं ।’

उनले समाजमा सुसँस्कृतिको विकास, सुशासन, शान्ति सुरक्षा, घरेलु हिंसाको अन्त्य जस्ताको लागि यो कार्यविधि ल्याउन बाध्य भएको प्रष्ट पारे । ‘हामी समाजमा सुसँस्कृतिको विकास गर्न चाहन्छौं । सुशासन, शान्ति सुरक्षा, घरेलु हिंसाको अन्त्य गर्नचाहन्छौं ।’ उनले भने, ‘कैयौंले आत्महत्या समेत गर्न बाध्य बनायो, घरमा झैझगडा बढ्यो, अनि धेरै आमा, दिदीबहिनीहरुले प्रतिबन्ध गर्न अनुरोध गरे । त्यसैले प्रतिबन्ध गर्ने अवस्थामा हामी पुगेका हौं ।’


स्थानीय सरोकारवालाहरुको जिज्ञासाको जवाफ दिंदै गाउँपालिका अध्यक्ष गौतमले जनताले चाहे अनुसार स्थानीय सरकार चल्ने र केही मान्छेहरुले गाउँपालिकाको यो कदमलाई आलोचना गरेपनि यो कार्यविधि लागु हुँदै गएपछि आलोचना गर्नेहरु समेत खुशी हुने बताए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमार चौंलागाईं गौतम, वडा अध्यक्ष रेशम चौंलागाईं प्रभा माविका प्रअ क्षितिज सुब्ब लगायत स्थानीय व्यवसायी, बुद्धिजीवि, शिक्षक र सरोकारवालाहरुको सहभागीता रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्