17.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना भाइरसका कारण रोकिएको नेपाली सेनामा भर्ना प्रक्रिया पुनः सुचारु

कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनामा भर्ना प्रक्रिया पुनः सुचारु

१३ असोज २०७७
काठमाडौ
–कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनामा भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोना भाइरसका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेको थियो ।

निर्देशनालयले मंगलबार एक सूचना प्रकाशित गरेर पुनः भर्ना प्रकृया सुचारु गरिएको जानकारी दिएको हो । भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिने सूचनामा उल्लेद गरिएको छ ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न सकिने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्