19.1 C
Kathmandu

ब्रेकिङ समाचारइतिहासकै पहिलो तामाङ चलचित्र पदर्शन भएको दिन,प्रदर्शन दिवसको रुपमा मनाउंदै

इतिहासकै पहिलो तामाङ चलचित्र पदर्शन भएको दिन,प्रदर्शन दिवसको रुपमा मनाउंदै

१६ भाद्र २०७७/छेडुप तामाङ

काठमाडौं–आज भाद्र १६ गते तामाङ चलचित्र इतिहासकै पहिलो तामाङ चालचित्र प्रदर्शन भएको दिन हो । यहि दिनलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा मनाइरहेका छन् ।

यसै क्रममा तामाङ चलचित्र संघका अध्यक्ष बिकु बहादुर तामाङ (बिकु थोकरले) सामाजिक सञ्जालमार्फत तामाङ चलचित्र प्रदर्शन दिवसको शुभकामना व्यक्त गर्दै यो विगतका वर्षहरुमा झैं विबिध कार्यक्रमहरु कोरोना भाइरस (कोभिड–१९०) कारण निरन्तरता दिन नसकेको कुरा व्यक्त गरेको छ ।

“तामाङ चलचित्र निर्माण भएको २५ वर्ष पुगेको छ । २०५२ सालमा जयनन्द लामा ज्युद्वारा निर्देशित तामाङ भाषाको चलचित्र सेमरी छोरङान तामाङ चलचित्र इतिहासकै पहिलो तामाङ चलचित्र हो, सोही चलचित्र २०५३ साल भाद्र १६ गते शनिबार रसियन कल्चर काठमाण्डौंमा प्रदर्शन भएको थियो भने त्यसै दिनलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा औपचारिक कार्यक्रम गरेर मनाइ रहेको छ, प्रत्येक वर्ष चलचित्र क्षेत्रमा निरन्तर योगदान दिदै आइरहेको चलचित्रकर्मीलाई सम्मान गर्दै आएको सम्पूर्णमा सर्वबितितै छ, यस वर्ष भने नोबेल कोरोना भाईरस कोभिड १९ कोरोना भाइरसको कारण कुनै पनि कार्यक्रमहरु गर्न नसके पनि प्रदर्शन दिवसलाई पहिलो तामाङ चलचित्र सेमरी छोरङान आज भाद्र १६ गते भादगाउँ टेलिभिजनमा दिनको १ः०० बजे प्रदर्शन गर्न लागेको र अन्य कुनै कार्यक्रमहरु भने नगर्ने कुरा सम्पूर्णमा जानकारी गर्दछौं, हाल सम्मको संख्यात्मक निर्माणलाई मध्यनजर गर्ने हो भने १६० भन्दा धेरै चलचित्रहरु निर्माण भैसकेको छ, तामाङ चलचित्र संघकै आयोजनामा चलचित्र निर्माण, कार्यशाला गोष्ठी, सम्मान, चलचित्र महोत्सव, अवार्ड र नीति निर्माणको सावलमा तामाङ चलचित्र संघ निरनतर लागि परी रहेकै छन, हाल नोबेल कोरोना भाईरस कोभिड १९ लाई विश्वले सामना गरी रहने क्रममा तामाङ चलचित्रकर्मी पनि त्यस बाट अछुतो रहेन कोभिड १९ कै बाबजुत पनि आफ्नो कर्मकार्य निरन्तर लागि पर्दै समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने सम्पूर्ण चलचित्रकर्मीलाई हार्दिक बधाई एवम तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।”
बिकु बहादुर तामाङ( बिकु थोकर)
अध्यक्ष
तामाङ चलचित्र संघ नेपाल

सामाजीक सञ्जालबाट साभार

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्