18.1 C
Kathmandu

ब्रेकिङ समाचारमोबाइल माग्न हिँडेकी किशोरीलाई सामुहिक बलात्कार, ४ जना पक्राउ

मोबाइल माग्न हिँडेकी किशोरीलाई सामुहिक बलात्कार, ४ जना पक्राउ

१६ भाद्र २०७७
काठमाडौं
–कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान घरैबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवतीमाथि गत बिहीबार राती सामूहिक बलात्कार भएको थियो । राति पल्लो घरमा रहेका बुबासँग मोवाइल माग्न जाने क्रममा उनी चार जनाद्धारा बलत्कृत भएकी बताइएको छ ।

युवतीकी आमा कामको सिलसिलामा भारतमा रहेको र उनी बाजेबज्यै र बु्बासँगै बस्दै आएकी छन् । घटनामा संलग्न भनिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पीडित भनिएकी युवतीको स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राजधानी दैनिकबाट

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्