23.1 C
Kathmandu

अन्तर्राष्ट्रियभारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मृत्यु

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मृत्यु

१५ भाद्र २०७७–बिकास तामाङ
काठमाडौँ — भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्