20.1 C
Kathmandu

ब्रेकिङ समाचारनिषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो

निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो

१५ भाद्र २०७७
काठमाडौं
–काठमाडौं लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यका भित्रका तिन जिल्लामा दोस्रो चरणको निषेधाज्ञा १७ गते बुधवार सकिदैछ भने उपतयका बाहिराका प्रायजसो जिल्लाहरुमा समेत अघोषित रुपमा निशेधाज्ञा लागु गरिएको अवस्था छ तर कोरोना संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको अबस्था रहेको छ ।

भाद्र १ गते देखी यत्ता मात्रै ११ हजार ३ सय भन्दा बढि संख्या संक्रमित थपिएको छ । १४ दिनमा सरदर दैनिक हिसाब गर्ने हो भने लगभग ८०० को दरले दैनिक संक्रमिमतको संख्या बढिरहेको छ । यो अवस्थालाई नै मध्यनजर गरेर हेर्ने हो भने कोरोना संक्रमण रोकथामको लागि प्रभावकारी उपाया निषेधाज्ञा वा लकडाउन नै हो भन्ने कुरा फेल खाएको देखिन्छ । बुधबार निषेधाज्ञाको समयावधि सकेपश्चात कोरोना संक्रमण नियन्त्रणका लागि अब नेपाल सरकारले के कस्ता खालका उपाय अवलम्बन गर्छन त, त्यो त हेर्न बांकी नै छ ।

यसरी निषेधाज्ञाको दोस्रो चरणको समयावधि पनि समाप्त हुनै लाग्दा सरकारले कोरोना नियन्त्रणका लागि के–के तयारी गरे के–के काम गरे त आज सम्म भन्ने पनि प्रश्न खडा भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्