19.1 C
Kathmandu

ब्रेकिङ समाचारलिदि पहिरो पिडित हरुको पिडामा तामाङ चलचित्रका नायकको आर्थिक सहयोग

लिदि पहिरो पिडित हरुको पिडामा तामाङ चलचित्रका नायकको आर्थिक सहयोग

१४ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदिका पहिरो पिडित हरुको पिडामा तामाङ चलचित्रका नायकले आर्थिक सहयोग गरेको छ।

नायक जङ्गे लोप्चान

तामाङ चलचित्रका नायक जङ्गे लोप्चानले कतारबाट लिदि पहिरो पिडित हरुलाई सहयोग स्वरुप पठाईएको ४० हजार रुपैयां आईतवार हस्तान्तरण गरिएको हो । पत्रकार तथा सामाजीक अभियान्त सुदिन लामाको पहलमा नायक लोप्चानले पठाएका सो रकम राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल मार्फत जुगल गाउंपालिकाका उपाध्यक्ष सृजना तामाङ लाई हस्तान्तरण गरेको हो ।

नायक जङ्गे लोप्चानले व्यक्तिगत रुपमा पठाएको सो रकम हस्तान्तरण गर्दै राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले लिदि पहिरोमा परेका पिडितहरुलाई बिदेशी भुमिमा बसेर सहयोग स्वरुप रकम पठाईएकोमा धन्यवाद व्यक्त गर्दै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई लिदिवासीको पिडामा सक्दो सहयोगका लागि अनुरोध गरेका थिए ।

गाउंपालिका उपाध्यक्ष सृजना तामाङले सो रकम बुझ्ने क्रममा पहिरोका कारण तत्काल १७२ घर धुरीलाई सुरक्षित स्थानमा घर बनाउने अभियानमा जुटिरहेको बेलामा तामाङ चलचित्रका नायकले सहयोगी भावनाले पठाउनु भएको रकमले महत्वपुर्ण सहयोग मिलेकोमा नायकको सहयोगी हात/सहयोगी मन प्रती उच्च सम्मानका साथ धन्यवाद व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्