16.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल आइडल सिजन ३ को फाइनल आज, आइडल कस्को पोल्टामा

नेपाल आइडल सिजन ३ को फाइनल आज, आइडल कस्को पोल्टामा

१२ भाद्र २०७७
काठमाडौं
–चर्चित रियालिटी सो नेपाल आइडल सिजन ३ को फाइनल आज हुने भएको छ । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल सिजन ३ का विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल आज फाईनल हुने भएको छ ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल छन् । उत्कृष्ट ३ मा पर्न सफल ३ नै जनाको सपोटर्स यत्ति बेला आ–आफुले सपोर्ट गरेको प्रतिस्पर्धीले जित हांसिल गरेको देख्ने पर्खाइमा छन् ।

गत चैत्रमा नै सकिसक्नुपर्ने यो कार्यक्रम कोरोना भाइरसका कारण केही समय रोकिएर पुन सञ्चानलमा आएको हो । लुकेर रहेका प्रतिभा जो संग क्षमता छ तर स्थान पाइएका छैनन् त्यस्ताका लागि नेपाल आइडल ठुलो अवसरको रुपमा स्थाति भएको छ । निक्कै नै चर्चित रियालिटी सो नेपाल आइडल सिजन ३ का विजेताले विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्