26.1 C
Kathmandu

ब्रेकिङ समाचारगोकर्णेश्वर नगरपालिकाका कुन् कुन् वडामा कत्ति कत्ति पुग्यो संक्रमित संख्या हेर्नहोस्

गोकर्णेश्वर नगरपालिकाका कुन् कुन् वडामा कत्ति कत्ति पुग्यो संक्रमित संख्या हेर्नहोस्

१२ भाद्र २०७७
काठमाडौं
–उपत्यकामा अहिले निषेधाज्ञा जारी गरिएको अवस्थामा छ । भाद्र १७ गते सम्मको लागि उपत्यकामा निषेधाज्ञाको समयावधि थपिएको छ भने कोरोना संक्रमितको संख्या पनि दिनानुदिन थपिदै गएको अवस्था छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरुमा पनि कोरोना संक्रमित संख्या थप भैरहेका छन् । नगरपालिका अन्तर्गतका वडा नं.३ बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण फैलिएको अवस्था छ । नगरपालिका भित्रका सबै भन्दा बढी कोरोना संक्रमित संख्या भने वडा नंं. ५ मा रहेका छन् ।

हाल सम्म नगरपालिका अन्तर्गतका वडाहरुमा क्रमश, वडा नं. १ मा ३ जना, वडा नं. २ मा ४ जना, वडा नं. ४ मा १५ जना, वडा नं. ५ मा ३३ जना, वडा नं. ६ मा २५ जना, वडा नं. ७ मा ५ जना, वडा नं. ८ मा ११ जना, डा नं. ९ मा २ जना संक्रमित रहेका छन् । वडा नं.३ भने कोरोना क्लिन वडा रहेको छ ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका भित्र कोरोना संक्रमित संख्या ९८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्