बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका एक पुरुषको मृत्यु

भदौ ११, २०७७


११ भाद्र २०७७
काठमाडौं
–बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भईरहको थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं.१ का ५० वर्षीय पुरुषको रहेको छ । संक्रमित पुरुषको अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका सम्मर्क व्यक्तिले जानकारी दिएका हुन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या रहेको अस्पतालले जनाएको छ ।